अष्ट्रेलियामा कोरोनाविरूद्धको खोपको अर्को डोज पनि लगाउनुपर्ने


भदाै १७, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको स्वास्थ्य विभागले अब ७५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूले कोभिड-१९को अर्को भ्याक्सिन लगाउनुपर्ने बताएको छ। उक्त उमेर समूहमा पछिल्लो महिनामा भ्याक्सिन नलगाएको अवस्थामा भ्याक्सिनको अर्को डोज लगाउन अनुरोध गरेको हो।

अष्ट्रेलियन टेक्निकल एड्भाइजर ग्रुप अफ इम्युनाइेसनले ६५ देखि ७५ वर्ष उमेरका व्यक्तिहरूले कोरोना भाइरसविरूद्धको भ्याक्सिनको थप मात्रा लगाउने भनेर दिएको सुझाव सरकारले स्वीकार गरेको हो।

स्वास्थ्य मन्त्री मार्क बटलरले स्वास्थ्य विज्ञहरूले ७५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका व्यक्तिहरूले खोप नलगाएको छ महिना भइसकेको भएमा अब बुस्टर डोज लगाउने उपयुक्त समय भएको सुझाएको बताए।

“यदि तपाईं ६५ र ७४ वर्ष वा १८ देखि ६४ वर्षको बीचमा हुनुहुन्छ र कमजोर प्रतिरक्षा प्रणाली छ भने, थप खोपको डोज प्राप्त गर्ने बारे आफ्नो डाक्टरसँग सल्लाह लिनुहोस्।” उनले भनेका छन्।

स्वास्थ्य विभागले अपडेट गरेको सुझाव अनुसार बुढ्यौली नै कोभिड-१९ का लागि सबैभन्दा ठूलो जोखिम कारक रहेको छ।

फेब्रुअरीमा सबै वयस्कहरूलाई उनीहरूको अघिल्लो डोज लिएको छ महिना बितिसकेको खण्डमा खोपको अतिरिक्त डोज लिन प्रोत्साहित गरेपछि यो सल्लाह दिइएको हो।

स्वास्थ्य विभागले खोपको पर्याप्त मात्रा लिएर सुरक्षित भएर बस्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?