गैह्रीगाउँ हत्या प्रकरणः हत्यामा संलग्न भएको आशङ्कामा एक जना पक्राउ
भदौ ३०, काठमाडौँ । काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ। राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
गैह्रीगाउँमा धारिलो हतियार ‘खुकुरी’ प्रहार गरी हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको थियो। मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन्। हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन्। गए राति १२ बजेतिर घटना भएको बताइएको छ।