बेन्डिगो इन्टरनेसनल ब्याडमिन्टन : नेपालका प्रिन्स क्वार्टरफाइनलमा, प्रफुल बाहिरिए
असोज २६, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा जारि ‘बेन्डिगो इन्टरनेसनल’ ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालका प्रिन्स दाहाल क्वार्टरफाइलन प्रवेश गरेका छन् ।
शुक्रबार भएको खेलमा मकाउका पाङ पोङ पुइलाई हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन् । उक्त खेलमा दाहालले पुइलाई २१-१८, १२-२१ र २१-१४ को सेटमा हराए । प्रतिप्पर्धात्मक बनेको खेल एक घण्टाभन्दा बढी समयसम्म चलेको थियो ।
त्यसैगरी, अन्तिम १६ अन्तर्गत शुक्रबार नै भएको खेलमा नेपालकै प्रफुल महर्जन भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । उनी जापानका ओमोतो सोतासँग ९-२१ र १२-२१ को सोझो सेटमा पराजित भए ।
शुक्रबार नै वुमन्स डलब अन्तर्गत नेपालका नाङसाङ तामाङ र अनुमाया राइले अष्ट्रेलियाका प्रिस्का कुस्तियादी र होजोमी सिमिजुसँग प्रतिस्पर्धा गर्नेछन् । उनीहरू बाइ पाएर सिँधै अन्तिम १६ मा पुगेका हुन् ।