बेन्डिगो इन्टरनेसनल ब्याडमिन्टन : क्वार्टरफाइनलमा नेपालका प्रिन्स पराजित, सकियो नेपालको यात्रा


असोज २६, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा जारि ‘बेन्डिगो इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिप’मा नेपालको यात्रा समाप्त भएको छ। शुक्रबार भएका खेलहरुमा नेपाली खेलाडीहरु पराजित भएसँगै नेपाली यात्त खेलाडीहरुको यात्रा समाप्त भएको हो।

शुक्रबारको खेलमा नेपाली खेलाडीहरू व्यक्तिगत र सामुहिक तर्फ नै पराजित भए ।

अन्तिम १६ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालकै प्रफुल महर्जन भने पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । उनी जापानका ओमोतो सोतासँग ९-२१ र १२-२१ को सोझो सेटमा पराजित भए ।

त्यस्तै, शुक्रबार भएको खेलमा मकाउका पाङ पोङ पुइलाई हराउँदै क्वार्टरफाइनलमा पुगेका प्रिन्स दाहाल न्युजिल्याण्डका लाउ एड्वार्डसँग २१-१३ र २१-१४ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।

त्यसैगरी, वुमन्स डबलतर्फ नेपालका नाङसाङ तामाङ र अनुमाया राइले अष्ट्रेलियाका प्रिस्का कुस्तियादी र होजोमी सिमिजुसँग २१-७ र २१-१४ को सोझो सेटमा नै पराजित भए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?