युएइले नेपाललाई जितको लागि १४१ रनको मध्यम लक्ष्य दियो


कार्तिक १, काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत् आज भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस ९युएई०ले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको हो। युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए। उनले ३८ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन्।

त्यस्तै अली नासिरले ३२ रन बनाए। उनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए । कप्तान मोहम्मद वासिमले १७ रन बनाए भने आसिफ खानले १५ रन जोडे। नेपालका लागि करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?