सशस्त्र प्रहरीको पेट्रोल पम्प सिल


कर्तिक २, काठमाडौं । केन्द्रीय अनुगमन टोलीले, सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भू स्थित हलचोक फ्युल सेन्टर पम्पसिल गरेको छ। बुधबार गरिएको अनुगमनका क्रममा उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै र हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको हो।

मंगलबार मात्रै अनुगमनका क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्यालीबाबा सप्लायर्समा सिल गरिएको थियो।
दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्यभन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?