बारामा गोली हानी प्रधानाध्यापकको हत्या


कार्तिक १३, काठमाडौँ । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफलाई गोली हानी हत्या गरिएको छ। सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले सर्राफमाथि दुई राउण्ड गोली प्रहार गर्दा उनको मृत्यु भएको हो।

गोली लागेर गम्भीर घाइते भएका सर्राफको बीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको बारा प्रहरीले जनाएको छ। दुई वटा मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको बताइएको छ। गोली चलाउने व्यक्तिको खोजी सुरु भएको बारा प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?