इ-पासपोर्ट बनाउनका लागि व्यक्तिगत विवरण अपरिचितलाई नदिन अष्ट्रेलियास्थित दूतावासको अनुरोध


कार्तिक १५, मेलबर्न, अष्ट्रेलिया । अष्ट्र्रेलियास्थित नेपाली राजदूतावासले पासपोर्ट बनाउनका लागि प्रि-इनरोलमेन्ट फर्म भर्नका लागि व्यक्तिगत विवरण कसैलाई पनि नदिन अनुरोध गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै राजदूतावासले इ-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट फर्म हरेक दिनको १० बजेदेखि खुल्ने र आवेदकले नै फाराम भर्न सकिने पुनः अवगत समेत गराएको छ ।

त्यसैगरी, पछिल्लो समय सामाजिक सञ्जालमा इ-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट फारम भरिदिने भन्दै विज्ञापन गरिएकोप्रति ध्यानाकर्षण समेत गराएको छ । त्यसरी, अपरिचित व्यक्तिले गरेको प्रचारमा विश्वास गरेर व्यक्तिगत विवरण दिँदा ती विवरण दुरूपयोग हुनसक्ने भन्दै सुचित समेत गराएको छ ।

राजदूतावासले पासपोर्ट बनाउन अत्यावश्यक परेको तर समस्या भएको खण्डमा [email protected] मा इमेल गरेर जानकारी दिन समेत अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?