आज कति पुग्यो अष्ट्रेलियन डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
कार्तिक २२, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसामा कारोबारको अनुमति दिएको छ।
बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिददर ८५ रूपैयाँ ३७ पैसा तथा बिक्रीदर ८७ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ६९ पैसा तथा बिक्रीदर ९७ रूपैयाँ १२ पैसामा कारोबार गर्न अनुमति दिएको छ।
हिजो बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६३ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो भने आज त्यसको भाउ बढेको छ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा तथा बिक्रीदर ८ रूपैयाँ ८८ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिददर १८ रूपैयाँ २५ पैसा तथा बिक्रीदर १८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ।
साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ३४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५९ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १९ पैसा तथा बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा कायम हुँदा कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।