यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तासँग पराजित


मंसिर २४, काठमाडौं । यू–१९एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तासँग पराजित भएको छ। समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तासँग ७३ रनको हार ब्यहोरेको हो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव १ ओभरमा १ सय ८८ रनमा अल आउट हुन पुग्यो। ओपनर अर्जुन कुमालले ९१ रनको शानदार इनिङ्स खेलेपनि नेपाललाई जितसम्म पुर्याउन उनी सँग कुनै खेलाडी रहेनन्। अर्जुन अन्तिमविकेटको रुपमा ९१ रनमा आउट भए। उनले १ सय ८ बलमा १३ चौकाको मदतले सो स्कोर खडा गरेका थिए।

अर्का ओपनर विपित रावल शुन्य रनमा पेविलियन फर्कदा दिपक बोहोरा १५ र कप्तान देव खनाल २४ रनमा आउट भएका थिए। पाकिस्तानविरुद्ध अर्धशतक हानेका उत्तम मगर ४, आकाश त्रिपाठी शुन्य, गुलसन झा १७, दिपेश कँडेल ११, सुबास भण्डारी ८, हेमन्त धामी शुन्य रनमा पेविलियन फर्किएका थिए।

पाकिस्तानका फरिदुन दाउदजइ र नसिर खानमारुफ खिलले समान ३ तथा मोहम्मद यूनुसले २ विकेट लिएका थिए। वाहिदुल्ला हजादरान र खलिल अहमदले समान एक एक विकेट झारेका थिए।

यूएईमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो। नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए। नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?