कतार पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
पुस ६, काठमाडौं । कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। सिन्धुपाल्चोकको भोटेकोशि गाउँपालिका वडा न.२ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ बर्षीय भिम बहादुर तामाङलाई शुक्रकाठमाण्डाको गोकर्णेश्वर नगरपालिका माकलबारीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
तमाङले बहादुर तमाङलाई वैदेशिक रोजगारीको लागि कतारमा पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ लाग्छ, कतारमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, र मासिक रु. एक लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाएर प्रलोभनमा पारेका थिए। उनले पीडितहरूबाट पटकपटक गरी जम्मा पाँच लाख पच्चीस हजार लिएर सम्पर्क विहीन रहेका थिए।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ ।