मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु


पुस ९, विराटनगर । मोरङ जिल्ला कारागारका एक कैदीको मृत्यु भएको छ । लेनदेनसम्बन्धी ठगी मुद्दामा कैद सजाय भोगिरहेका विराटनगर महानरपालिका–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज सोमबार विहान मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि कोशी अस्पतालमा लगिएको थियो।

दुई दिनदेखि सोही अस्पतालमा उपचार गराइरहेका उनको बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए। लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिन २२ दिन कैद सजाय तोकेको थियो।

अदालतले उनका लागि तोकेको कैद सजाय आजै सकिँदै थियो। सजाय सकिने दिन नै उनको मृत्यु भएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?