नाइजेरियामा किसान–गोठालाहरूबीच झडप, ११३ जनाको मृत्यु
पुस १०, एजेन्सी । अफ्रिकी देश नाइजेरियामा हिंसात्मक आक्रमण हुँदा ११३ जनाको मृत्यु भएको छ। देशको मध्य भाग पठारमा शनिबार र आइतबार भएका हिंसात्मक आक्रमणमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको अन्तरराष्ट्रिय मसञ्चार माध्यमले जनाएका छन्।
मध्य नाइजेरियामा गोठालाहरू र किसानहरू बीच बारम्बार झडपहरू भइरहेका छन्। मे यता पहिलो पटक यस्तो चरम हिंसा देखिएको छ। त्यसबेला किसान–गोठालाहरूको आक्रमणमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो।
यसअघि आइतबार नाइजेरियाली सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले पछिल्लो आक्रमणमा १६ जनाको ज्यान गएको बताएको थियो। पठार राज्यका एक वरिष्ठ अधिकारीले सोमबार जानकारी दिँदै शनिबार र आइतवार भएका आक्रमणमा ११३ जनाको मृत्यु भएको बताए।
योजनाबद्ध ढंगले आक्रमण गरिएको उनले बताए। कम्तीमा २० विभिन्न समुदायलाई लुटेराहरूले आक्रमण गरेका थिए। समुदायबाट ११३ शव निकालिएको छ भने ३ सय भन्दा बढी घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ।
आक्रमणको जिम्मेवारी अहिलेसम्म कसले लिएको छैन। पठार राज्यमा धेरै जातीय र धार्मिक समुदायका मानिसहरू बस्छन्। नाइजेरियाको मध्य क्षेत्र भनेर चिनिने, साम्प्रदायिक द्वन्द्वले हालैका वर्षहरूमा सयौंको ज्यान लिइसकेको छ।
यसलाई प्रायः मुस्लिम गोठालाहरू र ईसाई किसानहरू बीचको जातीय–धार्मिक द्वन्द्वको रूपमा वर्णन गरिएको छ।