एल्गरको उत्कृष्ट प्रदर्शन पहिलो पारिमा दक्षिण अफ्रिका १६३ रनले अगाडि
पुस १२, काठमाडौं । भारतविरुद्धको टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो पारिमा १६३ रनको अग्रता बनाएको छ। भारतलाई २४५ रनमा रोक्दै पहिलो पारि सुरु गरेको दक्षिण अफ्रिकाले ४०८ रन बनायो। १६३ रनले पछि परेको भारतले ब्याटिङ सुरु गरेको छ।
सेन्चुरियनमा घरेलु टोली दक्षिण अफ्रिकालाई विशाल स्कोर बनाउन डिएन एल्गरको पारि महत्वपूर्ण रह्यो। उनलेय १८५ रनको पारि खलेका थिए। उनी दक्षिण अफ्रिकबाट टेस्ट क्रिकेटमा सर्वाधिक व्यक्तिर स्कोर रन बनाउने इतिहास कायम गरेका छन्। उनीभन्द्या अगाडि ग्रेस स्मिथ मात्रै छन्।
यसैगरी मार्को जेनसनले ८४ रनको नटआउट पारि खेल्दा डेभिड वेडिङघमले ५६ रन जोडेका थिए। यस्तै, टोनी डी जोर्जीले २८ रन बनाउँदा गेराल्ड कोट्जेले १९ रन जोडे। भारतका जसप्रित बुमराहले चार विकेट लिँदा मोहम्मद सिराजले २ तथा सार्दुल ठाकुर, प्रसिद्ध कृष्ण र रभिचन्द्रन आश्विनले एक एक विकेट हात पारे।