बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर
पुस १३, काठमाडौँ । नाबालिका बलात्का मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।जिल्ला अदालत काठमाडौंका न्यायाधीशक शिशिरराज ढकालको इजलाशले सन्दीपलाई दोषी ठहर गरेको हो। सन्दीप दोषी ठहर भएपनि सजाय भने तोकिएको छैन।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन। न्यायाधीश ढकालको इजलासमै हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ।
मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन्। यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो।