सन् २०२४ अहिलेसम्मकै ठूलो निर्वाचन वर्ष, विश्वका ७० बढी देशहरूमा हुनेछ राष्ट्रव्यापी निर्वाचन


पुस १६, काठमाडौं । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । सन् २०२४ लाई अहिलेसम्मकै ठूलो निर्वाचन वर्षको रुपमा हेरिएको छ। खासगरि सन् २०२४ माविश्वका तीन शक्ती राष्ट्रहरुमा हुने निर्वाचनलाई विश्व समुदायले मुख्य चासोका साथ हेरेको छ। यस वर्ष भारत, संयुक्त राज्य अमेरिका र बेलायतमा आम निर्वाचन हुनेछ। (बेलायतको चुनाव जनवरी २०२५ सम्म ढिलो हुने सम्भावना देखिन्छ, त्यसलाई छोडौं)।

आउँदो वर्ष हामी धेरैजसो समय चुनावी अभियान र नतिजाका बारेमा पढेर बिताउने छौं। २०२४मा संयुक्त राज्य अमेरिकामा ६०औं चतुर्वार्षिक राष्ट्रपतिय चुनाव हुनेछ। नोभेम्बर ५, मा हुने निर्वाचनमा मतदाताले चार वर्षको लागि राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नेछन्।

डेमोक्रेटिक पार्टीका सदस्य एंव वर्तमान राष्ट्रपति जो वाइडेन पुनः चुनावको लागि दौडिरहेका छन्। उनका पूर्ववर्ती रिपब्लिकन पार्टीका सदस्य डोनाल्ड ट्रम्पले पनि आफनो पक्षमा जनमत पार्न आजैदेखि दौडधुप सुरु गरेका छन्।

यता छिमेकी राष्ट्र भारतको चुनावमा के हुने हो अहिल्लै भनिहाल्न सकिदैन। भारतमा यदि सत्ताधारी पार्टीमा परिवर्तन भयो भने त्यो साँच्चै आश्चर्यजनक हुनेछ। तर, त्यस्तो सम्भावना न्यून मात्र देखिन्छ।

त्यस्तै, बेलायतमा यदि शासक पार्टीमा कुनै परिवर्तन भएन भने त्यो अझ ठूलो आश्चर्यको कुरा हुनेछ। उता ऋषि सुनकको कन्जरभेटिभहरूले चुनावी नतिजा उलटपुलटको इच्छा राखेको पढ्न पाइन्छ। त्यँहाको लेबर पार्टी सत्तामा फर्कने तयारीमा छौं।

पछिल्लो समय उदारवादी लोकतन्त्रको अवधारणा विश्वका धेरैजसो ठाउँमा केही दुरुपयोग जस्तै भएको छ। जसकारण कारण केही प्रमुख लोकतन्त्रीक देशहरुले राजनीतिक नवीकरण गर्ने क्षमता गुमाएका छन्। चुनावमा उभिनेहरूमध्ये कोही न त उदारवादी छन् न लोकतन्त्रवादी छन्। तैपनि बहुलवादी नभएका राजनीतिक प्रणालीहरूले पनि चुनावको चपेटामा जानुपर्ने आवश्यकता महसुस गरिरहेका छन्। राष्ट्रपति पुटिन मार्चमा फेरि रुसको राष्ट्रपतिमा उभिएका छन्। रुसमा उनी वर्षैंदेखि एकछत्र राज जमाइरहेका छन्।

यस वर्ष सन् २०२४मा आइसल्याण्डदेखि मोल्डोभा, ताइवानदेखि टुभालुसम्म७० भन्दा बढी देशहरूले कुनै न कुनै प्रकारको राष्ट्रव्यापीनिर्वाचन गर्नेछन्। यी मध्ये केही सहिष्णु रूपमा स्वतन्त्र र निष्पक्ष हुने आशा गरिएको छ। अन्त्यमा, सन् २०२४ अहिलेसम्मकै सबैभन्दा ठूलो निर्वाचन वर्ष हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?