सुलेमानीको चिहान नजिक विस्फोट १ सय बढीको मृत्यु


पुस १९, एजेन्सी । इरानमा लगातार २ वटा बम विस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ। सन् २०२० को जनवरी ३ मा बग्दानमा ड्रोन आक्रमणमा मारिएका सैनिक जनरल कासिम सुलेमानीको सम्झनामा आयोजना गरिएको कार्यक्रमलाई लक्षित गरेर विस्फोट भएको थियो।

कार्यक्रम सुलेमानीको कब्रस्तान (चिहान) नजिक भएको हो। घटनामा १७० भन्दा बढी घाइते भएका छन्। यद्यपी विष्फोटको कारणबारे भने केही खुल्न सकेको छैन। घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

शीर्ष इरानी जनरल कासिम सुलेमानी बगदाद एयरपोर्टमा अमेरिकी हवाई आक्रमणमा मारिएका थिए। उनैको सम्झनामा बुधबार एक कार्यक्रमको आयोजना गरिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार पहिलो विस्फोट साहेब अल जमान मस्जिद नजिकै भएको थियो। त्यसको केही समयपछि दोस्रो विस्फोट पनि भयो। विस्फोटको आवाज केही किलोमिटर टाढासम्म सुनिएको थियो। घटनास्थलमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?