माओवादीले तोक्यो विधान अधिवेशनको मिति
पुस २८, काठमाडौं । माओवादी केन्द्रले आगामी फागुन १ गतेदेखि तीन दिन विधान अधिवेशन गर्ने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान अधिवेशनको मिति तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
उनले भने, ‘बैठकको मुख्य एजेण्डा विधान सम्मेलन नै थियो। फागुनको १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो । त्यसका लागि प्रतिनिधिहरु पनि छान्ने क्षेत्र बनाइसकेका छौं।’ त्यस्तै बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको पनि उनले जानकारी दिए।
उनले भने, ‘पार्टी एकताको विषयमा छलफल भएको थियो। पार्टी एकताका लागि एकता संयोजन समिति प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा बनाउने भन्ने निर्णय भएको छ।