के अभिनेत्री ईशा मालिनीले सम्बन्धविच्छेद गरेकी हुन् ?


माघ ३, मुम्बई । बलिउडमा धर्मेन्द्र र हेमा मालिनीलाई आदर्श जोडीका रुपमा चिनिन्छ। यो जोडीले आफ्नो करियरमा कैयौं हिट फिल्म दिएका छन्। आमाबाबुको पाइला पछ्याउँदै फिल्म क्षेत्रमा आएकी छोरी ईशो भने आमाबाबुको जस्तो लोकप्रियता पाउन सकिनन्। यही बीचमा ईशा र उनका पति भरत तख्तानीबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भएको छ।

ईशा र भरतले आधिकारिक रुपमा यो कुराको पुष्टि नगरे पनि सामाजिक सञ्जालमा उनीहरु अलग्गिएको खबरले सामाजिक सञ्जाल गर्माएको छ। ईशा र भरतले विवाह गरेको १२ वर्ष पुगेको छ । उनीहरुको दुई छोरी छन्।

ईशा र भरत अलग भएको दाबी एक रेडिट यूजरले गरेका छन्। ‘ईशा देओे आफ्नो पतिसँगको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्न बन्द गरेकी छन्। ईशा अहिले अधिकांश समय आमा हेमा मालिनीसँग देखिने गरेकी छन्,’ ती युजरले लेखेका छन्।

यद्यपि ईशा र भरत अहिले पनि सामाजिक सञ्जालमा एकअर्कालाई फलो गरिरहेका छन्। दुवैले अलग भएको आधिकारिक घोषणा गरेका छैनन। रेडिट यूजरको पोस्ट भाइरल भएपछि सर्वसाधारणले प्रतिक्रिया दिन शुरु गरेका छन्।

‘उनी दिवाली पार्टीमा पनि एक्लै देखिएकी थिइन् । यसअघि उनी जहिल्यै भरतका साथ पार्टीमा सहभागी हुन्थिन्’ एक प्रयोगकर्ताले लेखेका छन्। अर्का प्रयोगकर्ताले हेमा मालिनीको जन्मदिनमा भरत नदेखिएको दाबी गरेका छन्।

ईशाले गत नोभेम्बर २ मा आफ्नो जन्मदिन मनाएकी थिइन्। त्यो जन्मदिनमा पति भरत उपस्थित थिएनन्। ईशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। उनीहरुको एक छोरीको जन्म सन् २०१७ मा अर्की छोरीको जन्म सन् २०१९ मा भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?