उत्तरी मेक्सिकोमा सवारी दुर्घटना हुँदा १९ जनाको मृत्यु
माघ १७, एजेन्सी । उत्तरी मेक्सिकोमा यात्रुवाहक बस र कार्गो ट्रक एक आपसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन् । बसमा ३७ जना सवार थिए।
राज्य सिभिल डिफेन्स अफिसका निर्देशक रोय नाभरेतेले बन्दरगाह सहर मजातलान नजिकैको इलोटा टाउनशिपमा मंगलबार दुर्घटना भएको बताए। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको घटनास्थलबाट खिचिएका तस्बिरहरूमा दुबै गाडी जलेको देखिएको छ।
घातक सडक दुर्घटनाहरू मेक्सिकोमा सामान्य जस्तै बन्ने गरेको छ। तीव्र गति, खराब सवारी साधनको अवस्था, वा चालक थकानको कारणले गर्दा देशका राजमार्गहरूमा मालवाहक ट्रकको दुर्घटना पनि बढेको छ।