बन्माराको घारीमा लगेर किशोरीलाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ


माघ १७, काठमाडौं । प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँ बहादुर कार्की रहेको छन्।

सोही नगरपालिका–८ आहाले कुलोको बन्मारा घारीमा लगेर १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?