प्रहरीले कर छली गर्ने दुई सुनचाँदी व्यवसायी पक्राउ गरेपछि जनकपुरका व्यापारी आन्दोलित


माघ १७, जनकपुर । राजस्व छली गरेको आरोपमा प्रहरीले जनकपुरधामबाट दुईजना सुन व्यवसायीलाई पक्राउ गरेको छ। सुन व्यवसाय सञ्चालनका क्रममा राजस्व छल गरेको आरोप प्रहरीले बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह बुधबार पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाएको जनाएको छ। दुईजना सुन चाँदी व्यवसायी पक्राउ परेपछि सम्पूर्ण सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्।

उनीहरुले आ–आफ्नो पसल बन्द गरी टायर बालेर सकड प्रदर्शन गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?