अष्ट्रेलियामा एक नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी
माघ २४, मेलबर्न अष्ट्रेलिया ।अष्ट्रेलियामा एक नेपाली युवकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। अष्ट्रेलियास्थित न्यु साउथ वेल्स प्रहरीले नेपाली मुलका युवा २६ वर्षीय रिदम भट्टचनविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।
औबर्न प्रहरीले फेसबुकमा रिदमको तस्बिर राख्दै उनीविरूद्ध दूरसञ्चार कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिएको छ। प्रहरीले अपरेशन अमरोक चलाएर उनीविरूद्ध खोजी तीव्र पारेको बताएको छ। अपरेशन घरेलु हिंसा र सम्बन्धित अपराध लक्षित राज्यव्यापी अपरेशन रहेको प्रहरीले जनाएको छ।