नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि


माघ २८, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टीको विधानबारे निर्णय लिएर विधान अधिवेशनको अन्तिम तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो। माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठक विहान ११ बजेबाट राष्ट्रिय सभागृहमा बस्ने जानकारी दिए।

आइतबार र सोमबार बस्ने बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ को समीक्षा हुने र त्यसबाट आएका सुझावहरूलाई समेटेर विधान सम्मेलनबाट कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए।

माओवादीले फागुन १ गतेदेखि काठमाडौंमै विधान सम्मेलन गर्दैछ। पार्टीलाई विधानमा संशोधन र आवश्यक सुधार गर्न माओवादी केन्द्रले विधान सम्मेलन गर्न लागेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?