लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो
फागुन ६, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले शानदार जित निकाल्दा दोस्रो स्थानको म्यानचेस्टर सिटी भने बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ।
शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। लिभपुलको जितमा ३५ औं मिनेटमा डार्विन ग्याब्रिएल नुनेज, ५५ औं मिनेटमा एलेक्सिस एलिस्टर, ६८ औं मिनेटमा मोहमद सलाह र ८६ औं मिनेटमा कोडी म्याथेसले एक गोल गाल गरेका थिए। ब्रेन्टफोर्डका लागि इभान टोनीले ७५ औं मिनेटमा गोल फर्काए पनि हार टार्न पर्याप्त भएन।
जितसँगै लिभरपुल ५७ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २५ अंकका साथ १४ औं स्थानमा छ। यसैगरी म्यानेचस्टर सिटीले चेल्सीसँग अंक बाडेको छ। सिटी र चेल्सीले एक एक गोलको बराबरी खेल्दै एक एक अंक लिएका छन्। रहिम स्र्टलिङले ४२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, ८३ औं मिनेटमा रोड्रिले गोल गरेपछि सिटीले बराबरी गर्दै एक अंक लिन सफल भयो।
बराबरीले सिटी ५३ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा चेल्सी ३५ अंकका साथ १० औं स्थानमा छ। यसैगरी बर्नलेमाथि ५–० को एकतर्फी जित निकालेको आर्सनल तालिकाको दोस्रो स्थानमा छ।
आर्सनलको जितमा बकायो साकाले व्यक्तिगत २ गोल गर्दा मार्टिन ओडोगार्ड, लियोनार्दो ट्रोसान्ड र केइ हार्भाटेजले एक एक गोल गरेका थिए। आर्सनलसँग पराजित भएको बर्नले भने १३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।
अन्य खेलमा एस्टन भिल्लाले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दा वुल्भ्सले टोटनह्यामलाई पनि २–१ को अन्तरमा स्तब्ध बनाएको थियो। त्यसैगरी नटिङघम फरेस्टले वेस्टह्याम युनाइटेडलाई २–० ले हार चखाउँदा न्युक्यासल युनाइटेड र एफसी बर्नमाउथले २–२ गोलको बराबरी खेले।