नमिबियाविरुद्ध नेपाल एक सय ६८ रनमा समेटियो
फागुन ९, काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपाल एक सय ६८ रनमा समेटिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव एक ओभरमा अलआउट हुन पुग्यो।
नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए। त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए। कप्तान रोहित पौडेल, अनिल साह र देव खनानलले भने खाता खोल्न सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि-इटनले समान चार-चार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एकरएक विकेट लिए। नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो।