अष्ट्रेलियाली टेलिभिजन प्रस्तोता जेसी बेयर्ड र उनका प्रेमीको हत्या
फागुन ११, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाली टेलिभिजन प्रस्तोता जेसी बेयर्ड र उनका प्रेमी ल्यूक डेभिसको हत्या गरिएको छ। बुधबार बेपत्ता दम्पतीको रगतले लतपतिएको सामान सिड्नीको डस्टबिनमा फेला परेपछि प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको थियो।
बेयर्डको घरमा ठूलो मात्रामा रगत देखिएको बीबीसी हिन्दीले लेखेको छ। बेयर्डका पूर्व प्रेमी र प्रहरी अधिकारी ब्यू लामारेले शुक्रबार सोधपुछका क्रममा आफूलाई प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
अहिलेसम्म दम्पतीको शव फेला नपरेको र मृत्युको कारण पनि थाहा नभएको अनुसन्धानकर्ताहरुले बताएका छन्। बेयर्डको भित्री सिड्नी स्थिर घरमा सोमबार दम्पतीको हत्या भएको प्रहरीले जनाएको छ। त्यसपछि उनको शव सेतो भ्यानमा राखिएको थियो।
सीसीटीभी फुटेजमा देखिएको भ्यान शुक्रबार सिड्नीको दक्षिणी भागमा भेटिएको समाचारमा बताइएको छ।