भारतीय गजल गायक पंकज उधासको निधन
फागुन १४, मुम्बई । भारतीय प्रख्यात गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि बिरामी थिए। पंकजको परिवारले एक विज्ञप्ती जारी गर्दै उनको निधनको पुष्टि गरेका छन्।
‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उधासको दुःखद निधनको जानकारी दिँदै दुःखी छौं । पंकज के बिरामी थिए भन्ने जानकारी हामीले अहिलेसम्म पाएका छैनौं’, विज्ञप्तीमा भनिएको छ।
पंकज गजल गायनमा विश्वकै एक ठूला नाम थिए। उनले ‘चिठ्ठी आई है’ गजलबाट लोकप्रियता पाएका थिए। यो गजल सन् १९८६ मा रिलिज फिल्म ‘नाम’मा राखिएको थियो।
उनका गजलहरु ‘ये दिल्लगी’, ‘फिर तेरी कहानी याद आई’, ‘चले तो कट ही जाएगा’ र ‘तेरे बिन’ हिट छन्। उनका ‘जिये तो जिए कैसे’, ‘चाँदी जैसा रंग है’लगायतका गजल पनि हिट छन्।