मुम्बई इन्डियन्सलाई पराजित गरेको दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लियो


फागुन २३, काठमाडौं । वुमन्स प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २९ रनले पराजित गरेको छ। दिल्लीमा भएको खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९२ रनको विशाल योगफल तयार पारेको थियो।

जवाफमा मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रनमात्रै बनायो । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले आक्रामक सुरुआत गरेको थियो। ४।३ ओभरमा ४८ रन बनाउँदा पहिलो विकेटको रुपमा दिल्लीले सेफाली बर्मालाई गुमायो । बर्माली १२ बलमा २८ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरिन्। कप्तान मेघ लेनिङलाई साथ दिन आएकी एलेस केप्सीले सम्हालेर खेल्दै २० बलमा १९ रन जोडिन् । उनी आउट हुँदा दिल्लीको स्कोर ७९ रन रहेको थियो।

तेस्रो विकेटको रुपमा कप्तान मेघ नै आउट भइन्। उनी अर्धशतकीय पारिका साथ क्रिजबाट विदा भइन्। उनले ३८ बल फेस गर्दा दुई छक्का र छ चौका प्रहार गरिन्। चौथो विकेटको रुपमा मरिजान कापले ११ रन बनाएर आउट हुँदा दिल्लीले १५१ रन बनाएको थियो।

अन्तिमसम्म क्रिजमा रहेकी जेमिमाह रोड्रिगेजले ३३ बलमा ६९ रनको नटआउट पारि खेले पछि दिल्लीले मुम्बई इन्डियन्स सामु चुनौतिपूर्ण लक्ष्य दिएको हो। यस्तै, जेस जेनसेन ४ रनमा नटआउट रहिन् । मुम्बईका लागि सबनम इस्माइलन, साइका इसहाक, पुजा बस्त्राकर, हेले म्याथ्युज सबैले एक एक विकेट लिए।

विशाल लक्ष्य पछ्याएर मैदान उत्रिएको मुम्बईको सुरुआत नै खराब रह्यो। लगातार विकेट पतन हुँदा जित निकाल्न असफल भयो। यास्तिका भाटिका जम्मा ६ रन बनाएर आउट भइन्। त्यसपछि नाट सेभरले ५ रन जोड्दा कप्तान हरमनप्रित कौरले ६ रन बाहेक दोहोरो अंक बनाउन सकिनन्। कौर आउट हुँदा मुम्बईले २९ रनमा तेस्रो विकेट गुमाएको थियो।

चौथो विकेटको रुपमा ओपनर हेले म्याथ्युज २९ रन बनाएर आउट हुँदा मुम्बई दबाबमा आएको थियो । मुम्बईको त्यसपछि पनि लगातार विकेट गिर्याे। एमिला केरले २० बलमा १७ रन बनाएर पाँचौ विकेटको रुपमा पभेलियन फर्किइन्। अमजोत कौरले २७ बलमा ४२ रन बनाउँदै टिमलाई खेलमा फर्काउने प्रयास गरिन्।

सातौं विकेटको रुपमा पुजा बस्त्राकर १७ रन बनाएर आउट हुँदा हुमारिया काजी ६ रनमा पभेलियन फर्किइन्। सजीवन साजनले १४ बलमा नटआउट २४ रनको पारि खेल्दा पनि हार टरेन।

मुम्बईको मिडिल अर्डर ध्वस्त पार्ने क्रममा दिल्लीकी जेस जेनसनले सर्वाधिक तीन विकेट लिइन् भने मारिजान कापले २ विकेट हात पारिन्। जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

दिल्लीले ५ मध्य चार खेलमा जित निकाल्दै ८ अंक बनाएको छ। दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बैंग्लोर रहेको छ। उनको ६ अंक रहेको छ भने मुम्बई इन्डियन्सको पनि समान ६ अंक रहे पनि रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ। युवी वारियर्स ४ अंकका साथ चौथो स्थानमा रहँदा गुजरात जायन्टसले खाता पनि नखोली पुच्छारमा रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?