माल्दिभ्सबाट भारतीय सेनाहरु फिर्ता हुँदै


फागुन २९, एजेन्सी । माल्दिभ्समा रहेका भारतीय सेनाहरु फिर्ता हुन सुरु भएको छ। माल्दिभ्सको सत्तामा मोहमद मोइज्जु आएपछि भारतीय सेना फिर्ता गर्ने घोषणा गरेका थिए।

भारतीय सेनालाई माल्दिभ्सबाट हटाउने एजेन्डासहित चुनावमा सफलता पाएपछि लगातार यसबारे अभिव्यक्ति दिँदै आएका थिए। माल्दिभ्सको मिहारु खबरलाई उद्धृत गर्दै एएफपीले २५ भारतीय सेना फिर्ता भएको जनाएको छ।

भारतीय सेना माल्दिभ्समा ८८ जना रहेकोमा अरु पनि चाँडै फर्कने विश्वास गरिएको छ। भारतीय सेना फिर्ता भएपछि सुरक्षा जिम्मा माल्दिभ्सको नेशनल डिफेन्स फोर्सले लिएको छ।

तर, भारत र माल्दिभ्स दुवैले यसको आधिकारिक पुष्टि भने गरेका छैनन्। यसअघि गत मे २९ मा माल्दिभ्समा भारतीय सैनिकलाई बदल्न २६ प्राविधिकको पहिलो टोली माल्दिभ्स पुगेको थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र माल्दिभ्सबीच भएको सम्झौताअनुसार मे १० सम्ममा भारतीय सैनिक स्वदेश फर्किने जानकारी दिएका थिए।

माल्दिभ्समा रहेका भारतीय सैनिकले दुई हेलिकोप्टर र एउटा विमान सञ्चालन गर्छन्।

प्रायः तिनीहरू उद्धार वा सरकारी कामहरूमा प्रयोग गरिन्छ। भारतीय हेलिकोप्टर र विमानले माल्दिभ्समा मानवीय सहायता र चिकित्सा आपतकालमा त्यहाँका जनातालाई मद्दत जारी राखेका छन्।

प्राविधिक कर्मचारीहरू मात्र यी साधन सञ्चालन गर्न पठाइएको छ।

भारतले माल्दिभ्सलाई २०१० र २०१३ मा दुई वटा हेलिकोप्टर र २०२० मा एउटा सानो विमान उपहार दिएको थियो। यो विषयलाई लिएर माल्दिभ्समा निकै हंगामा भएको थियो।

मुइज्जुको नेतृत्वमा विपक्षीले तत्कालीन राष्ट्रपति सोलिहमाथि ‘इन्डिया फस्र्ट’ नीति अपनाएको आरोप लगाएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?