नेपालले बहराइनसँग खेल्दै
चैत ८, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को छनोट खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे बहराइनको राष्ट्रिय रंगशालामा हुने छ।
समूह एचमा रहेको नेपालले होम एन्ड अवे दुवै खेल बहराइनमा खेल्ने छ। आजको खेल दशरथ रंगशालामा हुनु पर्ने भए पनि एफसीको प्राविधिक कमिटीले नेपालको मैदान अस्वीकृत गरेपछि दुवै खेल खेल्न नेपाली टोली बहराइन गएको हो। बहराइन जानु अघि मलेसियामा अभ्यास गरेको नेपालले त्यहाँको राष्ट्रिय टिमसँग खेल्दा पराजय भोगेको थियो।
नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन्। नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो। यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ।