रास्वपाले आज उम्मेदवार घोषणा गर्ने
चैत १७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्दैछ। रास्वपाबाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै भैसकेको छ।
पूर्व घोषणाअनुसार शनिबार दिउँसो १ बजे इलाम नगरपालिका–७ लाँकुरी चौतारा बजारमा रास्वपाले लिम्बुलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न लागेको हो। सो कार्यक्रममा सभापति रवि लामिछाने र उपसभापति डा।स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटीलगायतले सम्बोधन गर्ने तय छ। उनीहरु शुक्रबार नै इलाम पुगिसकेका छन्।
उपनिर्वाचनका लागि हालसम्म नेकपा एमालेले उम्मेदवारको नाम अघि सारेको छ। भदौ २६ मा एमालेका उपाध्यक्ष सुवासचन्द्रको निधन भएपछि रिक्त पदमा नेम्बाङकै कान्छा छोरा सुहाङ नेम्बाङलाई बाबुको स्थानमा एमालेले उम्मेदवार रोजेको हो।
आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।