सांसद पौडेलको प्रश्न : रुसी सेनामागएका नेपालीबारे सरकार किन बेखबर ?
चैत १९, काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद प्रदिपपौडेलले रुसी सेनामागएका नेपालीलाई फिर्ता ल्याउनकुनै पहलनगरेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा उनले सरकार रुसमा रहेका नेपालीहरुको अवस्थाको बारेमा बेखबर रहेको भन्दैगम्भीरध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ । तर नेपालीहरु कति संख्यामाछन्, उनीहरुको अवस्थाको बारेमा सरकार बेखबर मात्रहोइनजान्ने प्रयास पनि गरेको छैन् । सरकारले अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने कुरा त पर जाओस कति संख्या छन भन्ने पनिपत्तालगाउन सकेको छैन् । सरकारको तर्फबाट हुनुपर्ने पहलहुन सकेको छैन् । यसमागम्भीरध्यानाकर्षण गर्न चहान्छु । यस्तो अवस्थामा रुसमा जानप्रतिबन्धलगाउनुपर्ने ठाँउमा श्रम मन्त्रालयले रुस जानश्रम स्वीकृतीदिने व्यवस्था गरेको छ ।’
यसको साथै उनले काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको भन्दैराज्यले यसको लागिआवश्यककानून, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्ने बताए ।
उनले भने, ‘काठमाडौंविश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक गरेको छ । नेपालमाकुनै कुरा उत्पादनहुनु आफैमा एउटा ठूलो विषयहो, त्यसमाथि यो ग्रिन हाइड्रोजन भनेको क्लिनग्रिनइनर्जीहो । जुनअहिलेको अवस्थामानिकै महत्वपूर्ण छ । ठूलो उपलब्धीहो ।एउटा विश्वविद्यालयको अनुसन्धानले सफलतापूर्वक परीक्षण गरेको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएर यसको लागिआवश्यकपर्ने कानून, नीति, लगानी गर्ने व्यवसथा गर्नुपर्छ ।’
आयातगर्ने फ्युलको विकल्पग्रिन हाइड्रोजन बन्नसक्यो भने नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्ने भन्दैनेपाल यस विषयमाआत्मनिर्भर हुन सक्यो र उत्पादनअन्तर्राष्ट्रिय बजारमा लान सक्यो भने नेपाललाई ठूलो लाभहुने पनिउनको भनाई छ ।