प्रतिनिधिसभा बैठक बस्दै, यी तीन मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने


चैत २०, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको बिषयगत समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी गराउनेछन्। उपप्रधान मन्त्री एवम्‌ परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ‘बिमेस्टेक वडा पत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस् तथा अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधायन सम्बन्धी विधेयक २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?