अभिनेत्री हन्टर भन्छिन : ‘ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न चाहन्नँ’


चैत २२, काठमाडौं । ‘युफोरिया’ अभिनेत्री हन्टर स्याफरले आफूले अब ट्रान्सजेन्डर चरित्रमा अभिनय गर्न नचाहेको बताएकी छन्। एचबीओको हिट टिन ड्रामा ‘जुल्स भन’बाट ‘ट्रान्सजेन्डर स्टार’का रुपमा परिचित उनले अब फरक चरित्रमा अभिनय गर्न चाहेको बताएकी हुन्।

‘मैले आफ्नो स्थानमा पुगेर धेरै मेहनत गरें । मैले यो संक्रमणकालमा साँच्चै कठिन विन्दुहरु पार गरें र अब म केटी बनेर अगाडि बढ्न चाहन्छु’, उनले भनेकी छन्।

उनले ‘ट्रान्स अभिनेत्री’का रुपमा चिनिनु आफ्नो लागि ‘अपमानजनक’ रहेको उल्लेख गरेकी छन्। ‘मलाई ट्रान्स चरित्रमा धेरै अफर आएका छन्। म यो गर्न चाहन्नँ र यसबारे कुरा गर्न पनि चाहन्नँ’, उनले भनेकी छन्, ‘मलाई यो तथ्य पनि थाहा छ कि मिडियामा म अहिले सबैभन्दा लोकप्रिय ट्रान्स व्यक्तिहरुमध्ये एक हुँ र म जिम्मेवारीको भावना महशुस गर्छु। प्रवक्ता नहुँदा पनि अलिकति दोषी महशुस गर्छु।’

हलिउडमा कास्टिङको बारेमा लामो समयदेखि बहस चलिरहेको छ। विशेषत ट्रान्स चरित्रमा वास्तविक जीवनमा ट्रान्सजेन्डर भएकै व्यक्तिले निभाउनुपर्ने ट्रान्सजेन्डर समुदायमा धेरैले तर्क गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?