प्रमाणित नभै कसैमाथि प्रहार नगर्न सांसद झाको आग्रह
चैत २८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति आफूलाई आपत्ति भएको बताएका छन्।
आज प्रतिनिधि सभाको बैठकमा उनले कानूनी र प्रक्रियागत बाटोबाट जान सबैलाई आग्रह गर्दै निष्कर्ष नआएको विषयलाई लिएर निराधार कुनै व्यक्तिप्रति पटक पटक लान्छनाहरु लगाउन नपाउने बताए।
रास्वपाका सभापति रबि लामिछानेको नाम मुछिएको बिषय छानविन गर्न संसदीय समितिको माग गरिरहेको नेपाली कांग्रेसप्रति संकेत गर्दै झाले यस्तो प्रतिक्रिया गरेका हुन्।
उनले भने, ‘सदनको नियमावलीको पृष्ठ ११ र १२ मा सदनमा बोल्न पाउछ र निराधार कुनै व्यक्तिप्रति पटक पटक लाल्छनाहरु लगाउन पाउदैँन् भनेर कानूले कुनै निर्णय दिएको छैन्। सुरक्षा निकायले आफ्नो सूचना दिई सकेको छ। त्यो चौकीमा कसैले गएर दिएको एउटा उजुरी हो जुन दर्ता भएको छैन्। त्यहा आफ्नो प्रायोजित पत्रकारहरुलाई लेख्न लगाइएको सूचना मात्र हो। त्यसमा प्रश्न छ, निष्कर्ष छैन्। तर त्यसको आधारमा पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति पनि हाम्रो आपत्ति छ। आउनु कानूनी र प्रक्रियागत बाटोबाट जाऔं कति कुण्ठा पालेर बस्नु हुन्छ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै सुशासनको आधारमा भएको भन्दै रास्वपा सुशासनको अवरोध बन्छ भन्ने आसंखा नगर्न आग्रह गरेका छन्।
उनले भने, ‘हामीले अर्को फरक संविधान चाहियो भनेर कहिले भनेका छैनौ। हामी यही व्यवस्थामा फरक अवस्था, सुधारिएको अवस्था चहान्छौ भनेर आएका हौ। राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै त्यही मुद्धाको आधारमा भएको हो। त्यसकारण हामीबाट सुशासन नपाइएला की सुशासनको लागि अवरोध गर्ला की भनेर आसंखा कतै पनि नगरियोस्। किनभने हाम्रो दलको सिर्जना र स्थापनाको आधार नै त्यही हो। त्यसकारण त्यसको संखा नगर्न अनुरोध गर्छु।’