आइपीएलमा हैदरावादको रेकर्डब्रेक प्रर्दशन बेंग्लुरु २५ रनले पराजित
वैशाख ४, काठमाडौं । विराट कोहली, फाफ डुप्लेसिस जस्ता स्टार खेलाडी रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुले आइपीएलमा लगातार पाँचौं र समग्रमा छैटौं हार व्यहोरेको छ। सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरु सनराइजर्स हैदरावादसँग २५ रनले पराजित भयो।
आइपीएलको जारी सिजनको दोस्रो खेलमा पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको बेंग्लुरुले पहिलो खेलमा चेन्नई र त्यसपछिका लगातार पाँच खेलमा पराजय भोग्न पुग्यो। सोमबार राति भएको खेलेमा पनि बेंग्लुरु सनराइजर्स हैदरावादसँग २५ रनले पराजित भएको छ। यो सँगै तालिकाको पनि पुच्छारमा पुगेको छ।
हैदरावाद भने ६ मध्य चार खेलमा जित निकाल्दै ताकिालको चौथो स्थानमा छ। सोमबार राति पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ३ विकेट गुमाएर २८७ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा बेंग्लुरु ७ विकेट गुमाएर २६२ रनमा समेटियो।
गएरातीको खेलमा हैदरावादले यसअघीको आएपीएलमा बनाएको सर्वाधिक रनको आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्डको किर्तिमान बनाएको थियो। यसअघि मुम्बई इन्डियन्स विरुद्ध खडा गरेको २७७–३ रनको योगफललाई सोमबार तोड्दै हैदरावादले २७८–३ रनको नयाँ किर्तिमान बनाएको हो।
हैदरावादले जित निकाले पनि नेट रन रेटमा खासै फाइदा लिन सकेन र चेन्नई सुपर किंग्ससँग बराबरी अंक भए पनि टोली अंक तालिकाको चौथो स्थानमै रह्यो।
टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले ट्राभिस हेड र अभिषेक शर्माको जोडीको उत्कृष्ट सुरुवातको मद्दतमा पावरप्लेमा बिना कुनै क्षति ७६ रन बनाएको थियो। हेडले २० बलमा आफ्नो अर्धशतक पूरा गरे भने आठौं ओभरमा टोलीको स्कोर १०० पुगेको थियो। पहिलो विकेटका लागि शतकीय साझेदारीलाई बेंग्लुरुका रिस टोपले तोडेका थिए। पहिलो विकेटको रुपमा अभिषेक शर्मा २२ बलमा ३४ रन बनाएर टिमको स्कोर १०८ रन हुँदा आउट भए।
ट्राभिस हेडको तुफानी पारि जारी रह्यो । उनले ३९ बलमा आईपीएल इतिहासमा सबैभन्दा छिटो शतक बनाए। १३ औं ओभरमा आउट हुनुअघि हेडले ४१ बलमा ९ चौका र ८ छक्का सहित १०२ रन बनाएका थिए। हैदरावादको टोलीले १२औँ ओभरमा १५० रन र १५औँ ओभरमा २०० रन पुरा गरेको थियो। हेनरिक क्लासेनले शानदार अर्धशतक प्रहार गर्दै ३१ बलमा ६७ रन बनाएर १७ औं ओभरमा २३१ रनको स्कोरमा आउट भए। क्लासेनको इनिङ्समा २ चौका र ७ छक्का प्रहार गरे।
रोयल च्यालेन्जर्स बेंग्लुरुले अन्तिम ओभरमा पनि राहत पाएन। अब्दुल समद र एडेन मार्करामले आईपीएल इतिहासमा सबैभन्दा ठूलो रनको कीर्तिमान तोडे, जुन एकै सिजनमा हैदरावाद टोलीले बनाएको थियो। समदले १० बलमा ३७ रनको अविजित इनिङ खेले। मार्कराम पनि १७ बलमा ३२ रन बनाएर अविजित रहे। रोयल च्यालेन्जर्स बेंग्लुरुका लागि लोकी फर्गुसनले सर्वाधिक २ विकेट लिए । एक विकेट रिस टोप्लेको नाउँमा रह्यो।
लक्ष्य पछ्याउने क्रममा फाफ डु प्लेसिस र विराट कोहलीको जोडीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई शानदार सुरुवात गराएको थियो। दुबैले पावरप्लेमा नै ७९ रन जोडे। २० बलमा ४२ रन बनाएर आउट भएका विराटको रुपमा सातौं ओभरमा टिमलाई पहिलो झटका लाग्यो। तर, विल ज्याक (७) र रजत पाटीदार (९) फ्लप भए र नवौं ओभरमा स्कोर १११–३ पुग्यो।
फाफले विस्फोटक पारी खेले। तर, उनी पनि १० औं ओभरमा आउट भए। उनको ब्याटले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए। सौरभ चौहानले खाता पनि खोल्न सकेनन् र उनी पनि १० औं ओभरमा आउट भए। संकटमा परेको आरसीबीलाई दिनेश कार्तिकको साथ मिलेको थियो। जसले तुफानी ब्याटिङले टोलीलाई लज्जास्पद हारबाट जोगाए।
कार्तिकले १९ औं ओभरमा आउट हुनुअघि ३५ बलमा पाँच चौका र सात छक्काको मद्दतले ८३ रन बनाएपछि टोलीको स्कोर २४० रन पुगेको थियो। महिपाल लोमरले १९ रन अनुज रावतले २५ रनको अविजित इनिङ खेले। तर, यी प्रयासका बाबजुद टोली लक्ष्यमा पुग्न सकेन। सनराइजर्स हैदरावादका प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए भने मयंक मार्कन्डेले २ विकेट हात पारे।