एसीसी प्रिमियर कप : सेमिफाइनलबाट बाहिरियो नेपाल
वैशाख ७, काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाट नेपाल बाहिरिएको छ। शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो हो।
नेपालले केवल एक सय २० रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन बनाएको हो। यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको छ। शुक्रबारको हारबाट नेपालले आगामी वर्ष हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि गुमाएको छ।
योसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने समाप्त भएको हो। प्रिमियर कपको विजेताले अर्को वर्ष एसिया कपमा खेल्न पाउने प्रावधान छ।
गत वर्ष नेपालले काठमाडौंमा यूएईलाई नै फाइनलमा पराजित गरि एकदिवसीय संरचनाको एसिया कप खेलेको थियो।