डीएसए स्टारको १३ औँ संस्करण : मिनी डान्सिङ स्टार बनिन् प्रिन्सा गुरुङ


वैशाख २६, काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा हालै राजधानीमा ‘डिएसए स्टार २०२४ सिजन– १३’ को फिनाले सम्पन्न भएको छ। फिनाले विधागत रुपमा बालबालिकाले उपाधि जितेका छन्।

प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ प्रिन्सा गुरुङ विजेता बन्दा एलिस कार्की फस्ट र जज्मिन तामाङ सेकेण्ड रनरअप भए। त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ उपासना लम्सालले उपाधि चुम्दा रिच्छेन शेर्पा फस्ट, अदिती भट्टराई सेकेण्ड, दावा स्कट तामाङ थर्ड, रिसु हंगामा राई फोर्थ, पिहु शर्मा फिफ्थ र रिन्जेन शेर्पा सिक्स्थ रनर अप घोषित भए।

त्यस्तै ‘जुनियर सिङ्गिङ स्टार’ तर्फ इजाबेला तामाङले शीर्ष ताज पहिरिँदा अंशु कार्की फस्ट, क्रिस गुरुङ सेकेण्ड र सुप्रिम सुन्दार थर्ड रनर अप भए।
यसैगरी ‘प्रि–टीन डान्सिङ स्टार’तर्फ लासाङ घिसिङ विजेता हुँदा विवेक पोखरेल फस्ट, कृषा बोगटी सेकेण्ड, प्रभावी भट्टराई थर्ड, सोसा जबेगु फोर्थ, आधना पोखरेल फिफ्थ र नुपुर पन्त सिक्स्थ रनरअप भए।

त्यस्तैगरी ‘प्रि–टीन सिङ्गिङ स्टार’ तर्फ प्रज्ञा कार्की विजेता बन्दा सोनम शेर्पा फस्ट, आदर्श न्यौपाने सेकेण्ड, युनिस गुरुङ थर्ड, स्तुती पोखरेल फोर्थ र समीर तिवारी फिफ्थ रनरअप बने।

यस्तै ‘एक्टिङ स्टार’ तर्फ सिमोन बस्नेतले उपाधि उचाल्दा सिद्धार्थ पोखरेल फस्ट, बिनिसा भुजेल सेकेण्ड र वैभव मुखिया थर्ड रनर अप भए। विजेतालाई सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागी गराइने परिवर्तन इभेन्ट हाउसकी सिइओ सोनिया जी आरले बताइन्। उनले बालबालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन्।

बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ब्राईट फ्युचर किन्डर गार्डेन स्कुलका प्रिन्सिपल मोहित कार्की, अन्तरर्राष्ट्रिय खेलाडी तथा कलाकार नन्दा बस्याल र वन लेग डान्सर रोमा न्यौपाने निर्णायक थिए।

बुढानिलकण्ठ नगरपालिकाको मुख्य प्रायोजन रहेको कार्यक्रममा नेपाल वायु सेवा निगम, नेपाल टेलिकम र चोको फन जोएको सहयोगी थिए। फाइनलअघि २५ दिनसम्म सयजना बालबालिकालाई एपेक्स लाइफ स्कुलमा तालिम दिइएको थियो।

कार्यकममा गायक यश कुमारलाई ‘राष्ट्रिय श्रस्टा सम्मान २०८१’, रोमा न्यौपानेलाई ‘राष्ट्रिय कला सम्मान’ र डिजे नवाङलाई ‘डिजे अफ द इएर अवार्डले सम्मान गरिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?