युद्धग्रस्त गाजापट्टीमा तीन इजरायली बन्धकहरुको शव फेला, १७ अमेरिकी डाक्टर सुरक्षित


जेठ ५, एजेन्सी । गएको ७ महिनादेखि जारी हमास–इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरुको शव फेला परेको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाईको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो।

तीनै जनाको पहिचान समेत खुलेको छ। आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र शनि लुकको शव रहेको पहिचान भएको हो।

गएको ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा ती जना मारिएका थिए। पछि आतंकवादीहरूले शव गाजामा लगेका थिए। सुरुमा तीनमध्ये दुईजना बन्धक गेलेन्र्टर र बुस्किला जीवित रहेको विश्वास गरिएको थियो। लुकलाई भने अक्टोबरको अन्त्यमा मृत घोषित गरिएको थियो।

युद्धका कारण हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अहिले इजरायलले गाजामा जमिनमा आक्रमणलाई तीव्र बनाएको छ। यसैबीच गाजामा फसेका २० अमेरिकी डाक्टरहरुमध्ये १७ जना सुरक्षितरुपमा फर्किएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?