सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा


जेठ ९, काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन्। आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन्। सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए।

यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी पाएका थिए। उच्च अदालत पाटनबाट जेठ २ गते उनले सफाइ पाएका थिए। जेठ ४ गते उनलाई अमेरिकी राजदूतावासले विगतको भिसा रद्द भएको इमेल पठाएको थियो। शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए।

तर, अन्तर्वार्ताका लागि गए पनि उनी असफल भएका हुन्। नेपालले जुन १ बाट विश्वकप सुरु भए पनि नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै प्रतियोगिता सुरुआत गर्ने छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?