संसद बैठकमा कांग्रेसको अवरोध, अर्को बैठक जेठ १३ गते


जेठ ११, काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ १३ गते आइतबार बस्ने गरि स्थगित भएको छ। आज काङ्ग्रेसको अवरोध पश्चात बैठक आइतबार विहान ११ बजे बस्ने गरि स्थगित भएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले पनि बैठक अवरोध गरेका छन्। सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि कार्यादेशमा सहमति जुट्न नसक्दा कांग्रेसले अवरोध कायमै राखेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?