भिक्टोरियामा मनाइयो ‘अन्तर्राष्ट्रिय एभरेष्ट डे’
जेठ १८, मेलबर्न, अष्ट्रेलिया । फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन्स अफ अष्ट्रेलिया (फेन्का)को आयोजनामा भिक्टोरियामा अन्तर्राष्ट्रिय एभरेष्ट डे’ मनाइएको छ। बुधवार फेन्काले भिक्टोरिया राज्यको संसदमा एभरेष्ट डे मनाइएको हो।
सन् १९५३ मे २९ तारिखमा तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनलाई ‘एभरेष्ट डे’को रूपमा मनाइने गरिन्छ।
भिक्टोरिया राज्यका लागि अवैतनिक महावाणिज्यदुतको कार्यालयको सहयोग रहेको उक्त कार्यक्रममा भिक्टोरिया राज्यकी प्रिमियर जसिन्टा एलन, फेन्काका अध्यक्ष बम योन्जन, फेन्काका पूर्वअध्यक्ष राजु अधिकारी, एनआरएनका डेप्युटी कोअर्डिनेटर महादेव धानुक, काउन्सीलेट कार्यालयकी जनसम्पर्क अधिकृत जानकी गुरुङ, दिदीबहिनी समाजका प्रतिनिधि, न्याभका प्रतिनिधि र अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा राज्यकी प्रिमियर जसिन्टा एलनले सरकार र आफ्नो पार्टी लेबर पार्टीको तर्फबाट नेपाली समूदायसँग मिलेर काम गर्न सदैव तयार रहेको बताएकी थिइन्।
फेन्काका अध्यक्ष योन्जनले सगरमाथाको देशबाट आएर कर्मभूमिमा सगरमाथा दिवस मनाउन पाउनु खुशीको कुरा भएको भन्दे उपस्थित सबेलाई धन्यवाद दिएका थिए। उनले विश्वमा बढ्दो जलवायु परिवर्तनको कारण परिवर्तित हिमाल र हिमनदी बचाउ भावनासँगै नेपाललाई चिनाउने सगरमाथा र साहसी आरोहीहरूको सम्झनामा फेन्काले अष्ट्रेलियाका अन्य राज्यमा पनि ‘एभरेष्ट डे’ मनाइएको उनले बताए।