प्रधानमन्त्री दाहाल मोदीको सपथ समारोहमा जाने


जेठ २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्। सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री दाहालले आगामी शनिबारदेखि गर्ने भारतको दुई दिने भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

हालै सम्पन्न लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको गठबन्धनले बहुमत पाएको छ। भाजपा नेता मोदीले भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथ ग्रहण गर्दैछन्। आइतबार साँझ हुने उक्त समारोहमा निम्ता मान्न प्रधानमन्त्री दाहाल जाने भएका हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?