सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलायो


जेठ २४, काठमाडौँ । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्री शर्माका अनुसार भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल स्पेन, राम राय डेनमार्क, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाललाई फिर्ता बोलाइने भएको हो।

यस्तै दक्षिण कोरियाका लागि नेपाली राजदूत प्राडा. ज्योति प्याकुरेल भण्डारी, नवराज सुवेदी साउदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई पनि फिर्ता बोलाउने निर्णय सरकारले गरेको छ।

यी राजदूतहरु अघिल्लो कांग्रेससहितको सत्ता गठबन्धनका बेला नियुक्त भएका थिए। सत्ताको दलीय समीकरण फेरिएसँगै माओवादी, एमाले, रास्वपा र जसपा गठबन्धनले नयाँ नियुक्तिका लागि राजदूत फिर्ता बोलाउने भएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?