मौसम पूर्वानुमान : यी तीन प्रदेशमा वर्षाको सम्भावना


जेठ २६, काठमाडौं । काठमाडौं उपत्यका सहित आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ।

शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै आज, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा–हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?