व्यक्तिगत स्वार्थको लागि नियम मिच्ने प्रवृत्ति हावी : केपी ओली


जेठ २७, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थको लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताएका छन्।

काठमाडौंमा आइतबार आयोजित स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारलाई धन्यवाद तथा सम्मान कार्यक्रममा उनले आज मानिसहरु अझ विद्वान र चलाख हुँदै गइरहेको अवस्थामा त्यो सँगै स्वार्थका लागि प्रकृति र जीवनका नियमहरुलाई पनि मिच्ने प्रवृत्ति देखिएको बताएका हुन्।

उनले भने, ‘आज मानिस अझ विद्वान र चलाख हुँदै गइैरहेका छन्। र, त्यो सँगै स्वार्थी पनि भईरहेका छन्। त्यो स्वार्थले प्रकृतिका नियमहरु त्यो स्वार्थले कहिँ कहिँ स्वार्थवस् जीवनका नियमहरुलाई पनि मिच्न खोजेको होकी जस्तो लाग्छ। त्यसैले पनि यो अवस्थामा आफ्नो इच्छाले गर्ने स्वयंसेवा महत्वपूर्ण छ।’

अध्यक्ष ओलीले स्वयंमसेवा पवित्र र पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने भन्दै पछिल्लो समय अन्धविश्वासले पनि स्वयंमसेवामा प्रेरित भएको देखिएको टिप्पणी गरे।

उनले भने, ‘स्वयंमसेवा पवित्र कार्यमा पुण्य कार्यमा महान उद्देश्य भएका कार्यमा गरिने हो। अलिक बर्ता अन्धविश्वासले पनि स्वयंमसेवामा प्रेरित भएको देखिन्छ। अलिक बर्ता बहकिएर पनि स्वयंमसेवा गरेको देखिन्छ। जे सुकै भएर गरेतापनि स्वयंमसेवाले मानिसको मन मष्तिष्कलाई पवित्र बनाउने काम चाँही गर्छ। हामी कुनै अन्यौलमा होइन्। मन मष्तिष्कबाट स्वयंमसेवा गर्नुपर्छ ।’

उनले पार्टीभित्र हुने प्राय कामहरु पार्टीका सदस्यहरुको स्वयंसेवाबाट नै हुने गरेको जिकिर गरे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?