अस्ट्रेलियाले गर्यो विद्यार्थी भिसामा थप कडाई


जेठ ३१, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाई गरेको छ। बुधबार अष्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले एक विज्ञप्ति जारी गर्दै पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी हुन्।

कोरोना भाइरस ९कोभिड–१९० पछि अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडाई गर्दै आएको अष्ट्रेलिया सरकारको पछिल्लो कदमले अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा ९टीआर० मा रहेका विदेशी नागरिकले पुन विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएका छन्। यो नियम जुलाईबाट कडाईका साथ लागु गरिने गृहमन्त्री ओनिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि नेपाल लगायतका देशबाट टुरिस्ट भिसामा अस्ट्रेलिया आउने र यहाँ आएपछि उक्त भिसालाई विद्यार्थी भिसामा परिवर्तन गरेर यतै बस्ने व्यवस्था गरिएको थियो। अध्ययन सकेपछि पाइने ग्राजुएट भिसाको अवधि सकेपछि पुनः विद्यार्थी भिसामा आवेदन दिएर अष्ट्रेलियामै बस्नेको संख्या धेरै रहेको थियो। पछिल्लो नियमले आफ्नै देश फर्किएर विद्यार्थी भिसा आवेदन दिन भने पाउनेछन्।

क्याटागोरी (सबक्लास ६०० र ४८५)मा रहेकाले अस्ट्रेलियाबाट ९अनसोर० विद्यार्थी भिसामा कडाई गरेसँगै विदेशी विद्यार्थी संख्या उल्लेख्य रुपमा घट्ने जानकारहरु बताउँछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?