८ देशका लागि राजदूत सिफारिस (सूचीसहित)


असार ७, काठमाडौं । सरकारले भारतको राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागबन्डाका आधारमा आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए।

उनले भने, ‘आठ वटा देशलाई राजदुत नियुक्तिका लागि सिफारिस गर्ने पनि निर्णय भएको छ। जसअनुसार अमेरिकाका लागि चन्द्रकुमार घिमिरे, भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी ,सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क, नेत्रप्रसाद तिमल्सेना मलेसिया, डा विजन पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन, र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस गर्ने भन्ने निर्णय भएको छ।

त्यस्तै, विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने पनि निर्णय भएको उनले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?