पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १७, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत पेट्रोलमा प्रतिलिटर २ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको जानकारी दिएको हो।
हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् नै छ। नयाँ मूल्य आइतबार मध्यरातदेखि लागू हुने छ।